थसेस कोरिया परिचय


                         देशको बिकराल परिस्थितिले सिर्जित बेरोजगारको कारण लाखौं नेपाली आमाका सन्ततीहरुलाई छातीमा पिडा र ऋणको भार थोपर्दै बिदेशिन बाध्य पारेको छ. आफ्नो देश, आफन्तजन, र परिवारै छाडेर प्रवासिनु आफैमा दु : खदायी हुन्छ. छातीमा पिडा बोकेर बिदेशी भूमिमा बिभिन्न समस्याहरु संग पैंठेजोरी खेल्ने रहर त जो कसैमा पक्कै हुंदैन होला. तर नेपाल आमाका हामी बेरोजगार सन्तानहरु आफ्नो परिवारको सुन्दर भबिष्य निर्माण गर्ने कल्पना संगै आफ्नो जीवनलाई नै बन्धकी राखेर प्रवासी बन्न बाध्य भएका छौं. तर बेरोजगारको कारण प्रवासी बन्नु परेता पनि हरेक प्रवासीले देशको माया, आपसी सहयोग, आ-आफ्नो संस्कार र संस्कृति प्रतिको आस्थालाई भने बिर्सनु हुंदैन.

धौलागिरी अंञ्चल मुस्ताङ जिल्ला अन्तर्गत थाकखोला क्षेत्रलाई आफ्नो मुल जन्मथलो मान्ने हामी थकाली जातिहरु बसाइँ सराई पश्चात नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुमा बसोवास गर्दै आएका छौं. नेपालको कुल जनसंख्याको जिरो पोईन्ट छ प्रतिशत मात्र जनसंख्या रहेको हामी थकाली जातिहरुमा पनि आफ्नो रोजिरोटीको लागि प्रवासिनु पर्ने बाध्यता नौंलो भने होईन. बर्षौं देखि आर्थिक रुपमा सर्वाधिक सम्पन्न राष्ट्र जापान लगायत बिश्वका अन्य बिकसित मुलुकहरुमा गई थकालीहरु रोजगार गरिरहेको कुरा जगजाहेरै छ. तर थकालीहरु जहां जसरी रहेता पनि एकताको भावनाबाट प्रेरित थकाली जातिहरुको सांगठनिक सोंचलाई प्रवासी थकालीहरु रहेका बिश्वका जुनसुकै मुलुकमा होस् प्रशंसा गर्न लायक छ भन्दा अतिशयोक्ति नहोला. यसै क्रममा कोरियाली भूमिमा पनि रोजगारको खोजिमा सन् नब्बेको दशक तिरबाट नै थकालीहरुको आगमन शुरु भएता पनि यस भूमिमा प्रवासी थकालीहरुको संख्या अति न्युन हुनुको अलावा विविध समस्याहरु लगायत बिभिन्न असहज परिस्थितिको कारण थकाली बन्धूहरुको एकताले सांगठनिक रुप पाउन सकिरहेको थिएन. तर कोरियाली भूमिमा रोजगारीको खोजिमा आउने थकाली बन्धूहरुको संख्यात्मक बृद्दि हुन थालेपछि केहि समाज सेवी थकाली बन्धूहरुको सकृयतामा सन् 2002 सेप्टेम्बर 1 तारिखको दिन थकाली सेवा समिति नामक संस्थाको स्थापना ​​गरि दक्षिण कोरियामा रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरु विधिवट् रुपमा सांगठनिक एकतामा गोलबद्द भएका थिए. त्यहिं संस्था नै आज अनेकन् उकाली अहो्रालीहरुलाई पार गर्दै यहाँ सम्म आईपुग्न सफल भएको छ.

खासगरि नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुबाट रोजगारीको खोजिमा दक्षिण कोरिया आई कार्यरत रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरुलाई एकता बनाई एक आपसमा सहयोगको भावना जागृत बनाउनु नै यस संस्थाको मुख्य उद्देश्यको रुपमा रहि आएको छ. समयानुकुल उपलब्धि मुलक कार्यक्रमहरुको आयोजना तथा चन्दा संकलन आदिबाट आर्जित रकमले यस भूमिमा थकाली बन्धुहरु माथि आईपर्ने कुनैपनि समस्याहरुको समाधान गर्नुको साथै  कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग संस्थागत एकता गर्दै यहाँ कार्यरत रहेका सम्पूर्ण प्रवासी नेपालीहरुमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ ।

आफ्नो संस्कृतिलाई झल्काउने कार्यक्रमहरुको आयोजना गर्न आवश्यक थकाली पोशाक, बाध्यबादनको सामग्री आदि थकाली सेवा समिति दक्षिण कोरियाको नाममा नेपालबाटआयात गरि सकिएको छ. थकालीहरुको प्रमुख चाड तोरन्ल पर्व प्रत्येक वर्ष दक्षिण कोरियामा रहेका प्रवासी थकाली बन्धुहरुको ठूलो उपस्थितिमा मनाउंदै आईरहेको छ.

Read more...

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP