धवलागिरी अन्चलमा पर्ने चार जिल्लाहरु मध्य मुस्ताङ जिल्ला एक हो. हिमाल पारिको जिल्ला भनेर चिनिने यस जिल्लामा यातायातको सुबिधा भन्नु नै एकमात्र हवाई सेवा हो. यस जिल्लामा बिभिन्न जात जातिहरुको वसोवास रहेता पनि बिषेश गरि थकालीहरुको बाहुल्यता रहेको छ. यस जिल्लाको थाकखोला क्षेत्रलाई थकाली जातिको पुर्ख्यौली थलोको रुमा चिनिने गर्दछ. यसै थाकखोला क्षेत्रबाट बसाई सराईको क्रममा नेपाल अधिराज्यको बिभिन्न जिल्लामा वसोवास गर्दै आएको पाइन्छ. नेपाल अधिराज्यको कुल जनसंख्याको जिरो पोइन्ट छ प्रतिशत जनसंख्या रहेको थकाली जातिहरु मध्य पचास प्रतिशत राजधानी काठमाण्डौमा स्थाई बसोवास गर्दै आएका छन.
हाम्रो देश नेपालबाट रोजगारको खोजिमा बिदेशिनु पर्ने बाध्यता संगै थकाली जातिहरु पनि बिभिन्न मुलुकहरुमा पुगि कार्यरत रहेको पाइन्छ. बैदेशिक रोजगारकै क्रममा कोरियाली भूमिमा पनि नब्बेको दशक देखिनै थकाली जातिहरुको आगमन शुरु भएता पनि संख्यात्मकबृद्दि भने हुन सकि रहेको थिएन. तर हाम्रो देशको असहज परिस्थितिले गर्दा यस भूमिमा रोजगारमा आउने थकाली जातिहरुको संख्यात्मक बृद्दि संगै बिबिध समस्याहरु पनि तड्कारो देखिन थाल्यो. मुख्य रुपमा थकाली जातिको परंम्परागत एकताको सोंचले स्थान पाउंदै गयो. जसको फलस्वरुप कोरियाली भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु थकाली सेवा समिति नामक संस्थामा गोलबद्द भएका छन.
आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु,
कोरियाली भूमिमा रहेका पचासौं सामाजिक संघ संस्थाहरु मध्य थकाली सेवा समिति एक हो. यस पबित्र संस्था यस भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको साझा चौतारी हो. यस संस्थालाई मलजल गरेर अझ अगाडी बढाउनु कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको कर्तब्य हुन आउंछ. यस भूमिमा कार्यरत रहेका प्रवासी नेपालीहरु लगायत सम्पूर्ण संघ संस्थाहरु संगको भाईचाराको सम्बन्धलाई अझ बढाउंदै लैजाने थसेस दक्षिण कोरियाको निति रहि आएको छ. जस्ले यसभूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको हरेक समस्याहरुको समाधानमा कोशेढुंगा शावित हुने कुरामा दुईमत छैन. हामी जहाँ रहेता पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्णा गर्नु पर्दछ भन्ने भावनालाई हृदयंगम गर्दै विभिन्न कार्यक्रमहरुको आयोजनाहरु गर्दै जाने निति थसेस कोरियाको रहेको छ. जस्को लागि हरेक थकाली बन्धुहरुको सल्लाह र सुझाबको आवश्यकता अपरिहार्य हुन्छ.
अन्तमा, यस भूमिमा आई कार्यरत थकाली बन्धूहरु मध्य कोहि थकाली सेवा समिति दक्षिण कोरिया संग आबद्द हुनु हुन्न भने संस्थाको संस्थागत मुल्य र मान्यतालाई शिरोपर गर्दै यस पवित्र संस्थामा सामेल हुन अनुरोध गर्दछु. साथै यस भूमिमा कार्यरत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा थकाली सेवा समिति परिवार तथा मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना गर्दछु.
भरत तुलाचन
अध्यक्ष,थकाली सेवा समाज दक्षिण कोरिया

Read more...

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP