थसेस कोरियाले श्रम सहचारी अनिल गुरुङ र सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गर्यो

02 January 2016



कोरियामा रहेका थकालीहरुको साझा संस्था थकाली सेवा समाज दक्षिण कोरियाले बिशेष कार्यक्रम मार्फत श्रम सहचारी अनिल गुरुङ र सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गरेको छ । डिसेम्बर ३१ तारिख सांझ नयां बर्ष  २०१६ को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम मार्फत बिशेष ब्यक्तित्वहरुको बिदाई गरिएको हो । संस्थाका हरेक कृयाकलापहरुमा मन,वचन र कर्मले सहयोग पुर्याउंदै आउनु भएका थसेस कोरियाका सल्लाहकार कुल प्रसाद ज्वारचन कोरियाको लामो बसाई पछि जनवरी ११ तारिख र कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ आफ्नो चार बर्षे कार्यकाल पूरा गरि जनवरी १५ तारिख स्वदेश फर्कदै हुनुहुन्छ । मिलनसार, कर्तव्यनिष्ठ र सच्चा राष्ट्र सेवकको रुपमा कहलिनु भएका श्रम सहचारी अनिल गुरुङ  कोरियाली भूमिमा रहेका अधिकांश नेपालीहरुको मन मस्तिष्कमा रहंदै यहां स्थित नेपाली समूदायहरु माझ बढ्दो लोक प्रियता हांशिल गरि रहनु भएको सफल ब्यक्तित्व हुनुहुन्छ । राजधानी सउलको तोङदेमुन स्थित पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा स्वदेश फर्कन लाग्नु भएका उहांहरुलाई संस्थाको तर्फबाट सम्मान पत्र, खाडा र फूलको गुच्छाले सम्मान गर्दै बिदाई गरियो । कार्यक्रममा उपस्थित सम्पूर्ण थकाली बन्धूहरु तथा शुभेच्छुकहरुबाट समेत बिशेष ब्यक्तित्वहरुको एक साथ खाडा ओद्याएर बिशेष सम्मानका साथ बिदाई गरियो ।

थसेस कोरियाका अध्यक्ष भरत तुलाचनको सभापतित्व र श्रम सहचारी अनिल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका निवर्तमान अध्यक्ष तथा थसेस कोरियाका संरक्षक भक्त सेरचन, वुमन फर वुमन कोरियाकी अध्यक्ष तथा थसेस सल्लाहकार श्रीमती मल्लिका थकाली, ,सल्लाहकार कुल प्रसाद ज्वारचन, सल्लाहकार सगुन भट्टचन र कास्की परिवारका निवर्तमान अध्यक्ष नबिन गुरुङ रहनु भएको थियो । पानसमा दियो बालेर शुरु गरिएको कार्यक्रममा रातको ठिक १२: ०० बजे संस्थाको तर्फबाट केक काटेर नयां बर्षको शुरुवाट गरिएको थियो । कार्यक्रममा बक्ताहरुले नयां बर्षको शुभकामना दिनुको साथै  स्वदेश फर्कन लाग्नु भएका महानुभावहरुको सफल यात्राको कामना गरेका थिए ।
संस्थाकी कावा सचिव रितु भट्टचनको संचालन रहेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोकेन्द्र भट्टचनको स्वागत मनतब्य र उपाध्यक्ष जुना ज्वारनले कार्यक्रम ब्यबस्थापनको भूमिका निभाएकी थिईन ।


                   

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP