भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार बाग्लुङका थालेन्द्र विवसलाई

02 October 2012

थकाली सेवा समाज दक्षिण कोरियाले आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आयोजना गरेको आकर्षक पुरस्कार सहितको भाग्यशाली चिट्ठाको नतिजा प्रकाशन गरेको छ । कोरियाको महान पर्व छुसकको दोश्रो दिन बाग्लुङ सम्पर्क समितिले आयोजना गरेको धवलागिरी सांस्कृतिक सौगात कार्यक्रममा खोलिएको उक्त चिट्ठाको प्रथम पुरस्कार रु एक लाख   नगद प्राप्त गर्ने भाग्यमानी बाग्लुङ जिल्लाबाट ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत  थालेन्द्र विवस (चिट्ठा नं ०००८३८ ) रहेका छन ।   दोश्रो पुरस्कार  डिजिटल क्यामेरा प्राप्त गर्ने अर्का भाग्यमानी  भुवन (चिट्ठा नं ०००७०६ ) र   तेश्रो पुरस्कार एम पि फोर  नबिन ( ०००९७४ ) रहेका छन ।  त्यस्तै,  पूजा २ रेष्टुरेण्ट दोङदेमुनबाट सौजन्य भएको  सान्त्वना पुरस्कार तल उल्यखित  ५ जना भाग्यमानीलाई परेको छ । पुरस्कारमा ५० हजार ओन बराबरको खाना कुपन रहेको छ ।  प्रथम पुरस्कार बिजेता बाग्लुङका थालेन्द्र विवसलाई कार्यक्रम स्थलमै पुरस्कार बितरण गरि सकिएको छ भने अन्य पुरस्कार बिजेताहरुले आफ्नो टिकटको अर्धकट्टी सहित पूजा २  रेष्टुरेण्ट  वा थसेस कोरियाका कुनै पनि पदाधिकारीहरुलाई अक्टुबर महिनाको ३० तारिख  सम्ममा सम्पर्क गरि आफ्नो पुरस्कार सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गरिन्छ । Read More...
प्रथम पुरस्कार- थालेन्द्र विवस (चिट्ठा नं ०००८३८ )
दोश्रो पुरस्कार-  भुवन (चिट्ठा नं ०००७०६ )
तेश्रो पुरस्कार-नबिन ( ०००९७४ )
सान्त्वना पुरस्कार-
आनन्द राज बर्तौला (चिट्ठा नं ०००३७५)  ,  सानी ( चिट्ठा नं ०००३२३ )  बिष्णु (चिट्ठा नं ०००९७८ ) टेक (चिट्ठा नं ०००२३२) जनार्दन रिजाल (चिट्ठा नं ०००८११ )

सम्पर्क नम्बर.
पूजा २  रेष्टुरेण्ट -०२ २२७४ २९२२  अध्यक्ष-०१० ९१९२ ६३६१

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP