स्वर्गिय ओम सेरचन घटनाको स्थलगत निरिक्षण, आत्महत्या भएकै ठहर

31 July 2012

                                                       Bharat Tulachan ,Seoul Korea
थकाली सेवा समिति दक्षिण कोरियाले गत २३ तारिख सोमबार कोरियाको छनान शहरमा भएको आत्महत्या प्रकरणबारे स्थलगत निरिक्षण गरेको छ । निरिक्षण टोलीले शव गृह,कम्पनी र आत्महत्या स्थलको स्थलगत निरिक्षण गरेको हो । हाल स्वर्गिय ओम प्रसाद सेरचनको शवलाई राजधानी सउल देखि दुई घण्टाको ट्रेन यात्रा र १० मिनेट को ट्याक्सी यात्रा पश्चात  पुगिने  सिन छनान स्थित मुर्दा घरमा राखिएको छ । मुर्दा घरबाट ३० मिनेटको ट्याक्सी यात्रा पश्चात  स्वर्गिय ओम प्रसाद सेरचनको कम्पनीमा पुग्न सकिदो रहेछ । टोली Read More.....
 कम्पनीमा पुगे पश्चात संगै काम गर्ने नेपाली दाजुभाईहरु संग घटना बारेमा जानाकारी लिईएको थियो । साथै टोलीले स्वर्गिय ओम प्रसाद सेरचनको शुटकेशबाट सम्भवत: पहिलो पटक महत्वपूर्ण प्रमाणहरु भेट्टाउन सफल भयो । शुटकेशमा भएको डायरीमा आत्महत्या गर्नु भन्दा पहिलो दिन (बिदाको दिन आईतबार) उनले बुबा आमाको नाममा अन्तिम बिदाई पत्र लेखेका छन । साढे एक पानामा लेखिएको उक्त बिदाई पत्रमा भनिएको छ ,
पुज्यनिय वुवा आमा सेवा ढोग,
वुवा आमाको सेवा गर्ने तिब्र ईच्छा हुंदा हुदै हजुरहरुको भांडा नतिरी टाढा जांदै छु, माफ दिनु होला मैले सबै कुरा जानेको थिएं तर सानो कुरा बुझ्न नसक्दा आज म तपाईहरुबाट टाढा हुंदैछु, साथी संगीको लहैमा लागेर बसेको लटले यस्तो रोगको शिकार हुंदैछु,कि मेरो सानो भूलले मेरो जीवनमा घाटक बन्न पुग्यो । यसकारण, म यस धर्तीबाट बिदा हुंदैछु, , अर्को जुनीमा हजुरहरुकै कोखमा जन्म लिने छु .............. लगायतका थुप्रै हृदयबिदारक पत्र प्राप्त भएकोले निरिक्षण टोलीले आत्महत्या नै भएको निश्चित गरेको हो ।

                            

स्थलगत निरिक्षण टोली: थकाली सेवा समाज दक्षिण कोरिया 





 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP